इन्द्रसरोवर गाउँपालिका वडा नं. १ मा रहेका कृषकको खेतवारीको अनुगमण, निरिक्षण तथा कृषक सँग अन्तरक्रिया कार्यक्रममा

इन्द्रसरोवर गाउँपालिका वडा नं. १ मा रहेका कृषकको खेतवारीको अनुगमण,
निरिक्षण तथा कृषक सँग अन्तरक्रिया कार्यक्रममा किसानहरुको खेतबारीमा
तपसिलका समस्याहरु देखा परेको र समस्या समधानको लागि तपसिल अनुसारका
सल्लाह सुझाव दिईयो ।
किबी बगैचामा देखिका समस्या र समधानका उपायहरु:
१. किबीमा फल लाग्ने तर झर्ने समस्याको लागि हल्का पानी परेको वा ओसिलो
समयमा सुक्ष्म पोषक तत्व क्याल्सियम र बोरोन २ ग्राम प्रतिलिटर पानीमा
मिसाएर बोटमा बेलुकीपख स्प्रे गर्ने ।
२. किवीमा भाले र पोथी बोट छुट्टाछुट्टै हुने भएकोहुँदा साधारणतया ५ देखि
८ वटा पोथी बोट बराबर १ वटा भाले बोट हुनुपर्छ भाले बोट थोरै भएकोहुँदा
परागसेचन राम्रोसँग नभएकोले फल राम्ररी नबढी फल झरेको ।
३. किबीमा काटछाँट प्राविधिक मपदण्ड अनुसार गरि सिफारिस दरमा मलखाद
प्रयोग गर्नुपर्ने र त्यस पश्चात किबीका बोटहरूमा ढुसी र ब्याक्टेरियाबाट
लाग्ने रोगहरूबाट बचाउन तथा बोटबिरुवालाई स्वस्थ राख्न बोर्डो मिश्रण
प्रयोग गर्नुपर्ने ।
गोलभेडामा लाग्ने टुटा किरा (Tuta absoluta) देखिका समस्या र समधानका उपायहरु:
१. कीराले खाएर सेता भएका पातहरू, मुनाहरू र दूषित फलहरू टिपेर खाल्डोमा
गाड्ने वा जलाउने त्यस पछि फेरोमोन पासो (Pheromone Traps) भाले पुतलीलाई
आकर्षित गरी मार्न प्रति रोपनी ५ वटाका दरले फेरोमोन पासो वा ल्युर
प्रयोग गर्ने साथै टुटा ट्रयाप प्रयोग गर्ने
२. बालीचक्र अपनाउने: सधैँ एउटै जग्गामा गोलभेडा वा सोही परिवारका
(भन्टा, आलु आदि) बाली नलगाएर बाली फेरबदल गरि लगाउने साथै जैविक विषादी:
Bacillus thuringiensis, निममा आधारित विषादी Azadirachtin ३ देखि ४ ML
प्रति लिटर पानीमा मिसाएर नियमित प्रयोग गर्ने। र गहुँत पानी १ भाग गाईको
गहुँतमा ५ भाग पानी मिसाएर ५/५ दिनको फरकमा बोटमा छर्नाले पनि केही
हदसम्म सहयोग पुग्नेछ ।
३. माथि उल्लेखित उपायहरूले काम नगरेमा र कीराको प्रकोप धेरै नै बढेमा
कृषि प्राविधिकको सल्लाहमा मात्र सिफारिस गरिएका सुरक्षित रासायनिक
Emamectin benzoate, Chlorantraniliprole , Spinetoram / Spinosad,
Indoxacarb आदी विषादीहरू प्रयोग गर्ने ।
भान्टा बालीमा देखिका समस्या र समधानका उपायहरु:
१. भाण्टाको गबारोबाट संक्रमित भाण्टाका टुसा र फल हटाउने वा गहिरो खाडलमा
गाड्ने वा सुरक्षित रूपमा नष्ट गर्ने।
२. विभिन्न फेरोमेन ट्रयाप प्रयोग गर्ने साथै जैविक विषादी Bacillus
thuringiensis, निममा आधारित विषादी Azadirachtin ३ देखि ४ ML प्रति लिटर
पानीमा मिसाएर नियमित प्रयोग गर्ने।
३. कीराको प्रकोप धेरै नै बढेमा कृषि प्राविधिकको सल्लाहमा मात्र सिफारिस
गरिएका सुरक्षित रासायनिक विषादीहरू प्रयोग गर्ने

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 कृषकको खेतवारीको अनुगमण, निरिक्षण तथा कृषक सँग अन्तरक्रिया १५ असोज, २०८३ JPG
2 कृषकको खेतवारीको अनुगमण, निरिक्षण तथा कृषक सँग अन्तरक्रिया १५ असोज, २०८३ JPG
3 कृषकको खेतवारीको अनुगमण, निरिक्षण तथा कृषक सँग अन्तरक्रिया १५ असोज, २०८३ JPG