प्रयोगमैत्री संरचना, शिक्षा, पर्यटन

र कृषि,समतामूलक बिकास इन्द्रसरोवरको समृद्धि”

header AD
संक्षिप्त विवरण

इन्द्रसरोवरको लिखित कुनै इतिहास तथा दस्तावेज उपलब्ध नभएपनि ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको मानिन्छ |राजा बिरेन्द्रले आफ्नो आमाको सम्झनामा  इन्द्रराज्य लक्ष्मीदेवी शाहको नाम बाट इन्द्र र सरोवरको अर्थ ताल,पोखरी,दह हुने हुनाले यस ठाउँलाई इन्द्रसरोवर भनि नामाकरण गरिएको भन्ने भनाइ रहेको छ | नेपालकै एकमात्र छुट्टै उद्देश्य राखेर निर्माण गरिएको इन्द्रसरोवर ताल बिक्रम सम्बत २०३३/०३४ सालमा निर्माण सुरु गरि २०३८ सालमा निर्माण सम्पन्न भएको थियो |राजा बिरेन्द्र बिरबिक्रम शाहदेव र प्रधानमन्त्री किर्तिनिधि विष्टको पालामा निर्माण भएको यस तालले आफ्नो बेग्लै इतिहास,पहिचान र महत्व बोकेको छ |संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासंगै राज्य पूनर्संरचना हुँदा साविकका गाभिएका मार्खु,कुलेखानी,सिस्नेरी,फाखेल गाविसका राजनैतिक दलका प्रतिनिधिहरु,बुद्धिजीवीहरु लगायत सरोकारवालाहरुको घनिभूत छलफल पश्चात यस गाउँपालिकालाई इन्द्रसरोवर गाउँपालिकाको नामबाट नामाकरण गर्ने भनि गरिएको निर्णय अनुसार नै इन्द्रसरोवर गाउँपालिका बनाईएको हो |इन्द्रसरोवर क्षेत्रलाई श्री क्युविक ब्याट्रीको नामले पनि चिनिन्छ |  यहाँ पानीको संचय गरि संचित पानीबाट आवश्यकता अनुसार विधुत उत्पादन गरिने हुनाले संचित पानीको ताललाई ब्याट्रीको संज्ञा दिई क्युविक ब्याट्री भनिएको हो |राज्यलाई लोडसेडिङ मुक्त गराउनमा यस क्षेत्रले ठुलो भूमिका निर्वाह गरेको छ |यस तालको संचित पानीबाट कुलेखानी पहिलोबाट ६० मेघावाट,दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेघावाट गरी जम्मा १०६ मेघावाट विधुत निकालिएको छ | यसबाट राज्यलाई बिधुत जस्तो अतिआवश्यक कुराबाट महत्वपूर्ण योगदान पुर्याईएको छ|

 यस गाउँपालिकामा समावेस भएका गाबिसहरुको आ-आफ्नै किसिमका ऐतिहासिक पृष्ठभूमि रहेका छन् साविक मार्खु गाबिस हाल वडा न.१ को आफ्नै खालको किम्मदन्ति छन् | स्थानीय तामाङ भाषामा मा-खु अर्थात निङगालो टुशाको तरकारी र म्हार-खु अर्थात घिउ र तरकारी अथवा  निङगालो टुशाको तरकारी र तरकारीमा धेरै घिउ राखेर खाने गाउँवस्ती हो र यस शब्दको अपभ्रम्स भएर पछी मार्खु लेख्दै चलनचल्तीमा आएको स्थानीय पूर्वजहरुको भनाई रहेकाछन् | साविक कुलेखानी गाबिस हाल वडा न.२ को पनि आफ्नै इतिहास रहेको पाइन्छ |बिगतमा दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्ने मानिसहरुको वसोवासको बाहुल्यता रहेको यस ठाउँमा कुल्ली काम गरि खानेहरुको खानि नै रहेको हुदा कुलेखानी नामाकरण गरिएको भनाई पनि रहेका छन् |भने ऐतिहासिक चिसापानी गढी भीमफेदीबाट कुलेखानी हुदै तत्कालिन शासक राणाहरुले चढेको गाडी बोकेर काठमाण्डौ पुर्याउदाका कुल्लीहरु र टाढा-टाढा देखि भिमफेदि सम्म नुन तेल लिन आउने भरियाहरु जम्मा भएर खाजा खाने स्थान अर्थात कुल्लिले खाने स्थानलाई पछी कुलेखानी नामाकरण भएको साथै यस क्षेत्रमा प्रसस्त मात्रामा तामा,फलाम र किट खानिहरु भएकोले पनि पछिल्लो समय कुलेखानी नामबाट चिनिन थालेको स्थानीयवासीहरुको भनाई रहेको छ |

साविक सिस्नेरी गाबिस हाल वडा न.३ को पनि छुट्टैकिसिमको महत्व रहेको पाइन्छ |स्थानीय जानकारहरुको भनाई अनुसार धेरै वर्ष अगाडीतिर यस क्षेत्रमा सिस्नु नै सिस्नुको घारीहरु अत्याधिक मात्रामा रहेकाले बिस्तारै सिस्नु घारीबाट सिस्नेरी नामाकरण भएको भनाई रहेका छन् |यसैगरी साविक फाखेल गाबिस हाल वडा न.४ र ५ को पनि आफ्नो छुट्टै किसिमको इतिहास रहेको पाईएको छ |नेपालको नलेखिएको इतिहासमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको संवाहक तथा नेपाली राजनेताहरुबाट २०३३ चैत्र १२ गते रातिको ऐतिहासिक नख्खु जेल बिद्रोह पछीको राजनैतिक परिवर्तनको उद्गमस्थल फाखेल |

प्राचीनकालमा भगवान रामले आफ्नो सिकारी कुकुरहरु सहित सिकार खेल्दै बनेललाई लखट्दै-लखट्दै आउँदा अहिलेको फाखेलचौरमा आईपुग्दा उज्यालो अर्थात बिहानको भाले वासेकोले बनेल फाखेलचौरको नजिकैको बारीमा तथा एउटा कुकुर चौरमा र अर्को कुकुर कासिचौरमा ढुंगा अर्थात शिला भएको भन्ने कथन रहेका छन् |स्थानीय तामाङ भाषामा फाग-बनेल र खेल-चौर  अर्थात बनेल  चर्ने/बनेल दौडने चौर लाई कालान्तरमा आएर फाग-खेल लाई फाखेल नामाकरण भएको हो भन्ने कुरा यहाँका अग्रजहरुले सुझाएका छन् | हालसम्म पनि यस स्थानमा शिला भएका भन्ने बनेल र कुकुर ढुंगा प्रत्यक्ष देख्न सकिन्छ |संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना संगै राज्य पूनर्संरचना हुँदा ३  न.प्रदेश/बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लाको यस इन्द्रसरोवर गाउँपालिका पूर्वी सिमाना दक्षिणकाली नगरपालिका काठमाण्डौ तथा बागमती गाउँपालिका ललितपुर,पश्चिम र दक्षिण सिमाना भीमफेदी गाउँपालिका,उत्तर सिमाना थाहा नगरपालिका मकवानपुर र चन्द्रागिरी नगरपालिका काठमाण्डौ रहेका छन् |

हेटौडा-काठमाण्डौ जोड्ने आजसम्मको छोटो मार्गको रुपमा रहेको हेटौडा कुलेखानी फाखेल फर्पिङ सडक,हेटौडा कुलेखानी सिस्नेरी फर्पिङ सडक तथा फाखेलदोभान चखेलदेउराली सतुंगल सडकहरु यस गाउँपालिकाको बीचभागबाट निर्माण भएका छन् |

संघीय राजधानी काठमाण्डौ देखि ४६ किलोमिटर तथा जिल्ला सदरमुकाम एवम् बागमती प्रदेशको राजधानी हेटौडाबाट ४२ किलोमिटरको दुरीमा रहेको यस गाउँपालिकाको क्षेत्रफल ९७.३२ वर्ग किलोमिटर रहेको छ भने ५ वटा वडामा विभाजन गरिएका छ |समुन्द्र सतह देखि १२९२ मिटरको उचाई वडा न.३ सिस्नेरी बागमतीखोला दोभानबाट सुरु भएको यस इन्द्रसरोवर गाउँपालिकाको सबैभन्दा उच्च स्थान २५६१ मिटर उचाई वडा न.५ फाखेल चखेलको शिर भालेश्वर चन्द्रागिरी हालको केवलकार संचालन हुँदै गरेको डाँडा रहेको छ | हेटौडा-काठमाण्डौ जोड्ने आजसम्मको छोटो मार्गको रुपमा रहेको हेटौडा कुलेखानी फाखेल फर्पिङ सडक,हेटौडा कुलेखानी सिस्नेरी फर्पिङ सडक तथा फाखेलदोभान चखेलदेउराली सतुंगल सडकहरु यस गाउँपालिकाको बीचभागबाट निर्माण भएका छन् |

इन्द्रसरोवर गाउँपालिका ऐतिहासिक,धार्मिक तथा पर्यटकीय हिसाबले पनि त्यत्तिकै महत्वपूर्ण रहेको मानिन्छ |

वडा न.१ इन्द्रसरोवर ताल,तालको बिच डाँडा तनाव ब्यबस्थापन स्थल,उर्गेन छ्योईलिङ गुम्बा, नाट्येश्वर महादेव मन्दिर,कालीदेवी मन्दिर,महभिर ठाडोखोला झरना,शत्यश्वर महादेव मन्दिर,लक्ष्मीनारायण मन्दिर,ओखरडाँडा भ्युटावर,नारायण स्थान मन्दिर|

 

वडा न.२ इन्द्रसरोवर ताल, कलंकी दृश्यावलोकन थुम्को,कलंकी आउटलेट पिकनिक स्पोर्ट,सरस्वती मन्दिर,पन्चकन्य देवी मन्दिर,धनलक्ष्मी मन्दिर,ल्हु्न्डूप छ्योईलीङ गुम्बा,धेचिन गुम्बा,नाट्येश्वर महादेव मन्दिर,चौकीलेक दृश्यावलोकन,हाँसुली डाँडा,सुलिकोट थुम्की खट्केश्वर महादेव मन्दिर |

वडा न.३ नारायण स्थान मन्दिर,वत्सलादेवी मन्दिर,आजदेश्वर मन्दिर तथा गुफा,ह्वाङह्वाङ दुलो तथा झरना,जातिपोखरी दृश्यावलोकन,भैरवनाथ मन्दिर,लंकाधामी मन्दिर |

  वडा न.४ हुमाने भन्ज्याङ दृश्यावलोकन, काशीचौर दृश्यावलोकन,ऐतिहासिक वीरफाखेलमैत्री पार्क सलेमले तथा दृश्यावलोकन,पुराणखर्क गुम्बा तथा दृश्यावलोकन,डाँडीखेल दृश्यावलोकन,फाखेल गुम्बा |वडा न. ५ चन्द्रगढी छापडाँडा पर्यापर्यटन तथा दृश्यावलोकन,महाचुनी मन्दिर,भैरव मन्दिर,पोखरी डाँडा दृश्यावलोकन,कालीदेवी मन्दिर,गुप्तेश्वरी गुफा(१२० मि.लम्बाई),भालु गुफा,पेमा छ्योईलीङ गुम्बा,श्री लोकेश्वर ङ्युङने लाखाङ गुम्बा,ज्याङसेम छ्योईडोन लाखाङ गुम्बा,टाशी छ्योईलीङ गुम्बा,उल्टादेवी मन्दिर,राममन्दिर,राधाकृष्ण मन्दिर साथै तामाङ,नेवारी,मगरहरुको कला सांस्कृति इत्यादि,,,|

इन्द्रसरोवर गाउँपालिकाको वडा न.४ र ५ फाखेल तथा वडा न.१ र २  को पहाडी भू-भाग बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्र हो | वडा न. १ र २ इन्द्रसरोवर ताल क्षेत्र भएकोले माछा उत्पादन सहित दैनिकरुपमा बिक्रीवितरण हुने गर्छन भने वडा न.२ र ३ को अधिकांस भू-भाग  अमिलो जातको फलफुल पकेट क्षेत्र हुन् | बेमौसमी तरकारी खेति,फलफुल,पशुपन्छी र माछा पालन नै यहाँका समुदायका मुख्य आम्दानीको स्रोत रहेको छ |

आधारभूत जानकारी
Bagmati
Makawanpur
गाउँपालिका
97.34 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 13534
Male 6617
Female 6917
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2072-03-01
Website -
Map coordinates not available