स्वयंसेवक कम्प्युटर शिक्षक पदपूर्ति गर्ने सम्बन्धी सूचना !!

स्वयंसेवक कम्प्युटर शिक्षक

प्रस्तुत विषयमा यस इन्द्रसरोवर गाउँपालिकाको माध्यमिक विद्यालयहरुमा तपशिल बमोजिमको गाउँपालिका अनुदान स्वयंसेवक कम्प्युटर शिक्षक सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले 15 दिन भित्र आफ्नो विवरण र यसै गाउँपालिकामा राजश्व तिरेको सक्कल रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ |

  • आवश्यक न्यूनतम शैक्षिक योग्यता

मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्युटर विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको वा कुनै विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र कम्युटर विषयमा प्रबिणता प्रमाणपत्र तह (१०+२) अथवा डिप्लोमा कोर्ष उत्तीर्ण गरेको।(अनुभवीलाई प्राथमिकता दिइनेछ)

  • दरखास्त दिने स्थान वा विधि : इन्द्रसरोवर गाउँपालिकाको कार्यालय, कुलेखानी, मकवानपुर वा Online मार्फत आवेदन दिन चाहनेहरुका लागि https://forms.gle/t2qrrmUuzin6FuK49 लिङ्कको फारम भरि आवेदन दिन सकिनेछ।
  • सम्पर्क मिति: म्याद समाप्त भएको भोलिपल्ट।
  • अन्तरवार्ता मिति :सम्पर्क मितिका दिन तोकिनेछ।
  • दरखास्त दिने अन्तिम मिति प्रथम पटक सूचना प्रकाशित मितिले १५ दिन भित्र (माथि उल्लिखित अन्तिम मितिका दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्टको मिति कायम हुनेछ )
  • छनौटको किसि: लिखित, कम्प्युटर सीप परीक्षण तथा अन्तरवार्ता
  • सेवा सुविधा : मासिक तलब रू. ३२,९०२.००।-
  • दाबी नपुग्ने : करारमा काम गरेको आधारमा पछि कुनैपनि किसिमको पदमा अस्थायी वा स्थायी नियुक्ति हुनका लागि दाबी गर्न पाउने छैन |
  • प्रचलित कानूनद्वारा अयोग्य नभएको हुनु पर्नेछ |
  • उमेर: 18 बर्ष पूरा भई 40 बर्ष ननाघेको ।
  • आवेदन साथ संलग्न कागजातहरु: आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरू:
  • नागरिकता
  • न्यूनतम योग्यताको लव्धांक प्रमाणपत्र
  • चारित्रिक प्रमाण पत्र
  • अनुभव खुल्ने कागजात
  • 2 प्रति पासपोर्ट आकारको फोटो

१2) दरखास्त दस्तुर जम्मा गर्ने बैंक र खाता नं. : ग्लोबल आईएमई बैक लि. मा इन्द्रसरोवर गाउँपालिकाको ग-1-1 आन्तरिक राजस्व खाता नं . 35604010000008


सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 स्वयंसेवक कम्प्युटर शिक्षक पदपूर्ति गर्ने सम्बन्धी सूचना !! ८ साउन, २०८३ JPG