उच्च सतर्कता अपनाउने सम्बन्धी सूचना !
उच्च सतर्कता अपनाउने सम्बन्धी सूचना !
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान तथा जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट प्राप्त सूचना अनुसार आज २०८३ श्रावण 28 गते दिउँसो देखि २९ गतेसम्म देशका धेरै भु-भागमा भरी/अतिभारी वर्षाको सम्भावना रहेको जनाएको छ । यसका साथै जिल्ला प्रशासन कार्यालय, मकवानपुर तथा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) बाट समेत सतर्कता अपनाउन, परिस्थति/आवश्यकता अनुसार यातायात आवागमन बन्द गराउन र सुरक्षित स्थलमा बस्नका लागि अनुरोध गरेको छ । भारी/अतिभारी वर्षाका कारण यस गाउँपालिकाभित्रका भिरालो तथा पहिरोको जोखिममा रहेका घरहरू, नदी किनाराका घर तथा बस्ती साथै तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई उच्च सतर्कता अपनाउन हुन अनुरोध गरिन्छ । साथै हेटौडा-कुलेखानी-काठमाडौ सडक खण्डमा यात्रा गर्नु पूर्व जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी प्रशासन, र सशस्त्र प्रहरी वल नेपाल, कुलेखानीसँग देहायको सम्पर्क नम्बारमा जानकारी लिई गर्नु हुन सर्वसाधारण सबैमा जानकारी गराउँदछौ । साथै अत्यन्त जरूरी नभएसम्म सकेसम्म टाढा र रातीको समयमा यात्रा नगर्नु नगराउनु हुनका साथै विशेष सतर्कता आपनाउन, चनाखो हुन समेत अनुरोध गरिन्छ ।
सम्पर्क नम्बरहरूः
- सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन वेश, हेभी, मकवानपुर, ९८५१२७१३९९
- अस्थायी प्रहरी चौकी प्रमुख, मार्खु , इन्द्रसरोवर-१, मोवाईल नं ९८५५०७८१४५
- खानीखेत प्रहरी चौकि प्रमुख, इन्द्रसरोवर-२, मोवाईल नं ९८५५०७१९०२
- सिस्नेरी प्रहरी चौकी प्रमुख, इन्द्रसरोवर-३, मोवाईल नं ९८५५०७१९०१
- फाखेल प्रहरी चौकी प्रमुख, इन्द्रसरोवर-४, मोवाईल नं ९८५५०९११४५
- विपद् फोकल पर्सन, इन्द्रसरोवर गाउँपालिका, कुलेखानी, मोवाईल नं ९८४१५२३८९१