समाचार
इन्द्रसरोवर गाउँपालिका तथा हेटौडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन हुने ग्रामीण आँखा केन्द्र, इन्द्रसरोवरको मिति २०८० जेठ १७ गतेबाट सेवाको शुभारम्भ भएको छ।
इन्द्रसरोवर गाउँपालिका तथा हेटौडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन हुने ग्रामीण आँखा केन्द्र, इन्द्रसरोवरको मिति २०८० जेठ १७ गतेबाट सेवाको शुभारम्भ भएको छ। मकवानपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय महेश कुमार बर्तौलाज्यू प्रमुख अतिथि रहनु भएको उदघाटन तथा नि:शुल्क आँखा शिविर कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनीज्यूले गर्नु भएको थियो। गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामाज्यूले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा नेपाली सेनाका सेनानी, प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की, २ नं. वडा अध्यक्ष श्री सुमन श्रेष्ठ, हेटौडा सामुदायिक आँखा अस्पतालबाट डा. सुनिल थकाली लगायतको उपस्थिति रहेको थियो।नि:शुल्क आँखा शिविर कार्यक्रममा 281 जनाले आँखा परीक्षण गरेका छन्।कार्यक्रम संचालन योजना तथा प्रशासकिय अधिकृत श्री दीपक चापागाई ज्यूले गर्नु भएको थियो।