FAQs Complain Problems

वडा नं.२

स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित  वडा नं. २ अध्यक्ष श्री सुमन श्रेष्ठ

साबिक कुलेखानी गाबिस का ९ वोड़ा समेटेको इन्द्रसरोवर गाउँपालिका  वडा नं २ मकवानपुर जिल्लाको  उत्तरी  भेगमा अवस्थित रहेको छ | इन्द्रसरोवर तालको ड्याम रहेको यस वडाको  खानिखेतमा इन्द्रसरोवर गाउँ  कार्यपालिकाको कार्यालय रहेको छ |साविक कुलेखानी गाबिस हाल वडा न.२ को पनि आफ्नै इतिहास रहेको पाइन्छ |बिगतमा दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्ने मानिसहरुको वसोवासको बाहुल्यता रहेको यस ठाउँमा कुल्ली काम गरि खानेहरुको खानि नै रहेको हुदा कुलेखानी नामाकरण गरिएको भनाई पनि रहेका छन् |भने ऐतिहासिक चिसापानी गढी भीमफेदीबाट कुलेखानी हुदै तत्कालिन शासक राणाहरुले चढेको गाडी बोकेर काठमाण्डौ पुर्याउदाका कुल्लीहरु र टाढा-टाढा देखि भिमफेदि सम्म नुन तेल लिन आउने भरियाहरु जम्मा भएर खाजा खाने स्थान अर्थात कुल्लिले खाने स्थानलाई पछी कुलेखानी नामाकरण भएको साथै यस क्षेत्रमा प्रसस्त मात्रामा तामा,फलाम र किट खानिहरु भएकोले पनि पछिल्लो समय कुलेखानी नामबाट चिनिन थालेको स्थानीयवासीहरुको भनाई रहेको छ |

कुलेखानी नदीको प्रमुख  भूभाग हरु समेटेको यस वडाका मुख्य बस्ति हरु देउराली, छापखोरिया, किटिनी, खानिखेत  टोड्के, भालुखर्क, सुकौरा ,कलंकी आदि रहेका छन | मुख्य तया तामाङ तथा मगर हरुको  बसोबास रहेको यस क्षेत्रमा ब्राम्हण क्षेत्रि लगाएत अन्य जात जतिको पनि  उल्लेख्य जनसंख्या रहेको छ | जी.बि.स. मकवानपुर को  पार्श्वचित्र २०७३ मा उल्लेख भए अनुसार ४१५६ कुल जनसंख्या रहेको यस वडावासी  मुख्यतः कृषि र पशु जन्य उत्पादनमा आधारित आयआर्जन मा  संलग्न रहेको पाइन्छ |

करीव १ सय बर्ष पुरानो इतिहास बोकेको यो गुम्वा इन्द्रसरोवर–२, कुलेखानीमा अवस्थित छ । इन्द्रसरोवर गाउँपालिकाको कार्यालयबाट करिब ३० मिनेटको पैदलयात्रा गरी पुग्न सकिनेयो गुम्बा भित्र गुरु पद्मसम्भव मुर्ति देख्न सकिन्छ भने भित्ताहरु कलाकृतिहरुले सजावट गरिएको छ  ।वि.सं. १९७० सालमा प्रमुख लामा सो छेकु दोर्जे लामाले यस गुम्बाको स्थापना गरेको जानकारहरु बताउँछन् ।महिनाको २ पटकअनिवार्य विश्व शान्तिको लागि पुजा, पाठ हुने यस गुम्बामा हाल दैनिक पुजापाठको लागि प्रमुख लामा गोम्पे लामा रहेको छ । यस गुम्बा मार्फत ९ जना लामाहरुरले अन्यत्र गुम्बामा गई ३ वर्षे गुफामा बसी ज्ञान हाँसिल गरिसकेका छन् । अधिकांश तामाङहरुको बसोवास भएको उक्त क्षेत्रमा रहेको उक्त गुम्बा प्रतिबौद्ध धर्मावलम्बी तथा तामाङहरुको आश्थाको केन्द्र बनेको छ । त्यस क्षेत्रका तामाङहरुको ंसंस्कार बमोजिम मृत्यु पश्चात गरिने ंसस्कार उक्त गुफामा नै गरिने चलन छ ।

२ नं वडा जनप्रतिनिधिहरुको विवरण
क्र.स पद नाम ठेगाना सम्पर्क नं.
२ नं. वडा अध्यक्ष श्री सुमन श्रेष्ठ इन्द्रसरोवर-२ 9849332906
२ नं. वडा महिला सदस्य श्री इन्दिरा थिङ इन्द्रसरोवर-२ 9861326931
२ नं. वडा दलित महिला सदस्य श्री सरला परियार इन्द्रसरोवर-२ 9863279824
२ नं. वडा सदस्य श्री प्रताप सिं लामा इन्द्रसरोवर-२ 9845402384
२ नं. वडा सदस्य श्री बुद्धिराम लामा इन्द्रसरोवर-२ 9811219139
मनोनित कार्यपालिका सदस्य श्री सम्झना परियार इन्द्रसरोवर-२ 9818653428

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
४१५६
Ward Contact Number: 
९८४५३४५६५३
//