समाचार
इन्द्रसरोवर गाउँपालिका वडा नं.५ को नव निर्मित वडा कार्यालय भवनको समुद्घाटन
इन्द्रसरोवर गाउँपालिका वडा नं.५ को नव निर्मित वडा कार्यालय भवनको समुद्घाटन मिति २०७८ फागुन १ गते एक कार्यक्रमका बिच सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता वडा नं.५ अध्यक्ष श्री धनराज महर्जन ज्यूले गर्नु भएको थियो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय राजेन्द्र प्रसाद पाण्डे ज्यूको प्रमुख आतिथ्यता, बागमती प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री कुमारी मोक्तान ज्यू विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री जीवन लामा ज्यू, उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालज्यू का साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो भने कार्यक्रम संचालन गाउँपालिकाका योजना तथा प्रशासकीय अधिकृत श्री दीपक चापागाई ज्यूले गर्नु भएको थियो।