FAQs Complain Problems

समाचार

उपभोक्ता समिति पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी अभिमुखीकरण तालिम ४ नं. वडा

मिति २०७८-०८-०१ गते इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा उपभोक्ता समिति पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी अभिमुखीकरण तालिम ४ नं. वडा ,फाखेलमा सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता ४.नं. वडा अध्यक्ष श्री धनवीर स्याङ्तान ज्यूले गर्नु भएको थियो भने उक्त कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालज्यू का साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो। साथै उक्त कार्यक्रममा गाउँपालिका इन्जिनियर श्री विमल मिक्तान, योजना शाखाबाट श्री गंगा राईले सहजीकरण गर्नु भएको थियो।

आर्थिक वर्ष: