FAQs Complain Problems

समाचार

प्रमुख प्रशासकिय अधिकृत ज्यू को भब्य बिदाई !

 मायाको चिनो प्रदान गर्दै  गा. पा. अध्यक्ष जीवन लामा
 खादा  ओडाएर बिदाई गर्नु हुदै टेक नाथ काफ्ले सर
 जनप्रतिनिधि एबं  कर्मचारी हरु सँग  रोशन पुन सर
   सम्पूर्णमा धन्यबाद  ज्ञापन  गर्नु हुदै  रोशन पुन  सर

इन्द्रसरोवर गाउँपालिकाका बर्तमान प्रमुख प्रशासकिय अधिकृत श्री रोशन पुन को पाँचखाल नगरपालिकामा सरुवा भएकाले यस गाउँपालिकाको कार्यपालिकाले बिदाई कार्यक्रम आयोजना गरेको छ| जनप्रतिनिधि एबं कर्मचारी हरुको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा  श्री रोशन पुन लाई हाल सम्म प्रमुख प्रशासकिय अधिकृतको रुपमा रहेर गरेका कार्यहरुको उच्च मुल्यांकन गर्दै मायाको चिनो एबं खादा ओडाएर सम्मान  तथा  बिदाई गरिएको छ | कार्यक्रममा  सहभागी बक्ता हरुले जनप्रतिनिधि र कर्मचारी बीच अन्योन्यास्रित समबन्ध रहेको बताउदै उहाको उत्तरोत्तर प्रगतिको  शुभकामना कामना ब्यक्त गर्नु भएको छ |

यस संगै  नया प्रमुख प्रशासकिय अधिकृतको रुपमा श्री सैलेन्द्र भण्डारी इन्द्रसरोवर गाउँपालिकामा आउनु भएको छ |    

आर्थिक वर्ष: