समाचार
मेलमिलापकर्ताहरुको क्षमता अभिबृद्धि सम्बन्धी ३ दिने पुनर्ताजगी अभिमुखिकरण तालिम
इन्द्रसरोवर गाउँपालिका, न्यायिक समितिको आयोजनामा मिति २०७८ मंसिर २०,२१ र २२ गते सम्म संचालित मेलमिलापकर्ताहरुको क्षमता अभिबृद्धि सम्बन्धी ३ दिने पुनर्ताजगी अभिमुखिकरण तालिम सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री जीवन लामा ज्यूले गर्नु भएको थियो । कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक श्री उमा कुमारी लामा ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालज्यू का साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो।